खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू : बाइडन

 असोज २, २०७७ शुक्रबार १७:२९:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले आफूले खोप र वैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यावहारिक र अस्वाभाविक कुरा गरेको र त्यस्ता कुरामा विश्वास गरेको भन्दै उहाँले आलोचना पनि गर्नुभयो ।

उहाँले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उहाँले ट्रम्पलाई विश्वास नगर्न पनि आह्वान गर्नुभयो । अमेरिकाको आउँदाे राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी ट्रम्प र बाइडनले कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । 

बाइडनले कोरोना भाइरसविरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुन सक्ने आशङ्का पनि गर्नुभएको छ । सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्नुपर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, 'मैले वैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिनँ ।' उहाँले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै वैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया