नेकपाको सचिवालय बैठक पेरिसडाँडामा सुरु

 असोज ४, २०७७ आइतबार १२:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्न बैठक बसेको हो । बालुवाटार बाहिर बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ । यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको हो ।

यसअघिका धेरैजसो बैठक बालुवाटारमा बस्ने गरे पनि पहिलो पटक पेरिसडाँडामा बसेको हो ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया