वामदेव गाैतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट

 असोज ५, २०७७ सोमबार १६:३८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्र्ने राष्ट्रपति कार्यालयको भदौ २९ को निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनमा प्रतिनिधि सभाको चुनावमा पराजित भएका व्यक्तिलाई सङ्घीय संसद्को त्यही कार्यकालभित्र राष्ट्रिय सभामा मनोनित गरिनु नागरिकको अभिमतको गम्भीर अपमान भएको उल्लेख गरिएको छ ।

यस्तै, रिट निवेदनमा गौतमको नियुक्तिले संविधानको उल्लङ्घन हुने भन्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म गौतमलाई राष्ट्रिय सभा सदस्यको हैसियतले काम गर्न नदिन र मन्त्रिपरिषदमा सामेल नगर्न अन्तरिम आदेश पनि माग गरिएको छ ।

अधिवक्ता त्रिपाठीले संविधानअनुसार गौतमलाई मन्त्रीसमेत बनाउन नमिल्ने बताउनुभएको छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

2 Comments

  • Dinesh

    Sept. 22, 2020, 10:22 a.m.

    नेपाली जनताले उसलाई अयोग्य ठहर्‍याइसकेका छन.उहाँ उच्च संसदीय सदनको सदस्य हुन सक्नुहुन्न, यदि त्यसो हो भने यो नेपाली जनताको इच्छा विपरीत हुनेछ।

  •  0 Reply
  • नीर बहादुर लावती

    Sept. 22, 2020, 7:40 a.m.

    वामदेव गाैतमलाई राष्ट्रिय सभामा ल्याउँनु नै छ भने पहिले हालकाे सांसद भंग हुनु पर्छ किन भने उ याे सांसदकाे लागि चुनावमा हारेकाे हाे। यसरी ल्याउँनेहाे भने चुनावकाे अर्थ नै पाे के रह्याे र?

  •  0 Reply

तपाईको प्रतिक्रिया