कांग्रेसले गृहमन्त्रीलाई सोध्यो, ‘गुल्मीमा के हुँदैछ ?’

 असोज ५, २०७७ सोमबार १९:३६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले गुल्मीका जिल्ला सभापति भुवन श्रेष्ठ र प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायत कार्यकर्ताहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै अपत्ति जनाएको छ ।

शान्तिपूर्ण विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउन जाने क्रममा आफ्ना कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको भन्दै कांग्रेसले विज्ञप्ति निकालेर विरोध जनाएको हो । 

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर स्थानीय प्रशासनले दुर्व्यवहार गरेको भन्दै यसबारे तत्काल गृहमन्त्रीले सार्वजनिक स्पष्टीकरण दिनुपर्ने माग गर्नुभयो । कांग्रेसले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्री जी के हुँदैछ गुल्मीमा ?’

घटनाबारे कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराएको छ । यसअघि गुल्मीको रेसुङ्गा नगरपालिका १२ मा रहेको रानीपोखरी निम्न माध्यमिक विद्यालय भवन निर्माणका विषयमा विवाद हुँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको कांग्रेसले जनाएको छ ।

आफ्ना कार्यकर्तामाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दा प्रहरीलेसमेत बल प्रयोग गरेको र जिल्ला सभापतिसमेत घाइते भएको कांग्रेस प्रवक्ता शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया