फागुनका लागि ग्लोबल आइएमईबाहेक अरु बैंकको ब्याजदर स्थिर
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल एक वर्ष थप गर्न सिफारिस गरिएको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले कार्यकाल एक वर्ष थप्न सिफारिस गरेको हो ।
प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेकाे समितिको १७ औं बैठकले प्राधिकरणको अवधि एक वर्ष थप्न मन्त्रीपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणमा महत्वपूर्ण कार्यहरु हुँदाहुँदै पनि कोभिड–१९ महामारीका कारण निजी आवास पुनर्निर्माण, धरहरा पुनर्निर्माण लगायतका अरु महत्वपूर्ण संरचनाहरुको काम सक्न ढिलासुस्ती भएकाले समय थपको सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
प्राधिकरणको पाँच वर्षे कालकाल आउँदो पुस १० मा सकिदैछ । प्राधिकरणले थप भएको ६ महिना अर्थात् २०७८ असार मसान्तसम्म अहिले भैरहेका कामहरु सक्ने र बाँकी ६ महिनामा लेखा परीक्षण, फरफारक र सरकारका विभिन्न निकाय तथा पालिकालाई बाँकी रहेका कार्यजिम्मेवारीका साथै पुनर्निर्माणका दस्तावेजहरु हस्तान्तरणका गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।
निर्देशक समितिको निर्णयअनुसार चालु आर्थिक बर्ष २०७७/७८ मा निजी आवाससम्बन्धी सम्पूर्ण कार्यहरु सम्पन्न गर्ने योजना छ । निजी आवास पुनर्निर्माण लाभग्राहीले प्राप्त गर्ने अनुदानको समयसीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले तय गर्नेछ ।
भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३ मा प्राधिकरणको कार्यावधि थप सम्बन्धी प्रावधान छ । कुनै कारणले तोकिएको अवधिमा पुनर्निर्माणको काम सम्पन्न नभएमा सरकारले एक वर्ष कार्यकाल थप्न सक्ने उल्लेख छ । बैठकले पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी मौजुदा बजेट योजनालाई परिमार्जन गरी ४ खर्ब ८८ अर्बको संशोधित बजेट र कार्यक्रम स्वीकृत पनि गरेको छ ।
परिमार्जित बजेट तथा कार्यक्रमको अधिनमा रही पुनर्निर्माणका चालु तथा बाँकी कार्यहरु सम्पन्न हुनेछन् । निर्देशक समितिले पुनर्निर्माणका सिकाई एवं अनुभव आदान प्रदान गर्न २०७८ बैशाख १० देखि १२ मा परिस्थिति अनुसार भौतिक वा भर्चुअल रुपमा गर्ने गरी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी प्रकृया अघि बढाउन स्वीकृति पनि दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।