डाक्टर गोविन्द केसीलाई आज काठमाण्डौ ल्याइने

 असोज ६, २०७७ मंगलबार ८:१३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य सेवा सुधारका माग राखेर अनसन बस्दै आउनुभएका डाक्टर गोविन्द केसीलाई आज काठमाण्डौ ल्याइने भएको छ ।

जुम्लाबाट हिजो नेपालगञ्ज आइपुगेका डाक्टर केसीलाई आज काठमाण्डौ ल्याउन लागिएको हो । हिजो नेपालगञ्ज–काठमाण्डौ उडान नभएपछि उहाँलाई भेरी अस्पतालको आइसीयूमा राखिएको छ ।

उहाँलाई आज बिहान साढे ११ बजे बुद्ध एअरको उडानबाट काठमाण्डौ पठाउने तयारी भैरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । डाक्टर केसीले काठमाण्डौमा पनि अनसन जारी राख्ने बताउनुभएको छ ।

सरकारले आफ्ना मागको विषयमा कुनै सम्बोधन नगरेको र पहिलेको अनसनमा अस्पतालमै तोडफोड गरेको आरोप लगाउँदै उहाँले फेरि पनि यस्तो हिंसा हुन नदिन जुम्लाबाट काठमाण्डौको यात्रा सुरु गरेको विज्ञप्तीमार्फत बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज १०, २०७७

तपाईको प्रतिक्रिया