गाडी बिग्रिएपछि नागढुङ्गा–नौबिसे सडकमा जाम

 असोज ६, २०७७ मंगलबार १६:४८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा अहिले गाडीको जाम छ । नागढुङ्गामा नजिकै बिहान गाडी बिग्रिएकाले जाम बढेको प्रहरीले जनाएको छ ।

अहिले  बिग्रिएको गाडीलाई हटाइसकेकाले बिस्तारै गाडीको आवागमन सहज हुने नागढुङ्गा प्रहरीले जनाएको छ । बढी लोड भएका गाडी उकालोमा आउँदा सडक बीचमा नै बिग्रने समस्या हुँदा यो सडक खण्डमा हरेक दिनजस्तो जाम हुने गरेको छ ।

अहिले कोरोनो भाइरसको सङ्क्रमणको जोखिमका कारण यात्रुवाहक गाडीको सङ्ख्या बाक्लो नभएकाले त्यति समस्या नभएको प्रहरीले जनाएको छ ।

कोरोनाको जाेखिमका कारण यात्रु नपाउँदा लामो दुरीका केही गाडी मात्रै अहिले सञ्चालनमा छन् ।
 

अन्तिम अपडेट: असोज ८, २०७७

तपाईको प्रतिक्रिया