वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक ज...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण भएर निको भएकाहरुमध्ये ८४ दशमलव ३ प्रतिशत व्यक्तिले सामाजिक भेदभाव भोग्नुपरेको एक अध्ययनले देखाएकाे छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनअनुसार कोरोनामुक्त भएकामध्ये ८४ दशमलव ३ प्रतिशतले आफूहरुलाई समाजले नराम्रो व्यवहार गरेकाे बताएका परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो ।
यस्तै कोरोना निको भएकामध्ये १० दशमलव ९ प्रतिशतले सङ्क्रमणमुक्त भएपछि पनि कमजोर भएको, स्वाद वा गन्ध गुमाएको र रुघाखोकी तथा हाच्छिउँ आइरहने समस्या रहेको बताएका छन् । ३५ प्रतिशतले दुई\तीन हप्तासम्म समस्या देखिएको बताएका डा. ज्ञवालीले बताउनुभयो ।
कोरोनामुक्त भएका युवा तथा वयस्कमा समेत केही समयसम्म समस्या रहिरहेको पाइएको छ । परिषद्ले कोरोना सङ्क्रमण भइ निको भएका पाँच सय ५२ जनामा अध्ययन गरेको हो । अध्ययनमा सहभागीमध्ये ८० प्रतिशतले आफूहरु पहिलेकै अवस्थामा पुगेको बताएका छन् भने ११ दशमलव १ प्रतिशतले आफ्नो काम गर्न अरुको सहायता चाहिएको बताएका छन् ।
अध्ययनमा सहभागीमध्ये १५ दशमलव एक प्रतिशतले बारम्बार दिक्क लाग्ने गरेको बताएका छन् । सहभागी धेरैले कोरोना सङ्क्रमण भएको बेला र त्यसपछि पनि परिवार वा समुदायबाट माया, प्रेम नपाएको गुनासो गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।