वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक ज...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि बन्द भएको छ । नारायणगढ-मुग्लिङ खण्डको चार किलोमा पहिरो खसेसँगै सडक बन्द भएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा गएराति पहिरो खसेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो ।
उहाँकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक बन्द भएको छ । त्यही ठाउँमा हिजो दिउँसो पनि पहिरो खसेको थियो । पहिरो हटाएर बेलुका ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो । यस्तै पृथ्वी राजमार्गको नारायणगढ-नौबिसे सडकखण्ड अन्तर्गत कुरिनटारको पहिरो पन्छाएर एकतर्फी सञ्चालन भएको छ ।
हिजो बेलुका खसेको पहिरो हटाएपछि रातिदेखि नै एकतर्फी सञ्चालनमा ल्याइएको हो । लगातार पानी परेपछि नारायणगढ-मुग्लिङ सडकखण्ड र पृथ्वी राजमार्गको ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।