मन्त्रिपरिषद् बैठकअघि ओली र प्रचण्डबीच भेटवार्ता

 असोज ११, २०७७ आइतबार ११:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । उहाँहरुको भेटवार्ता केहीबेर अघि सकिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

अन्तिम अपडेट: असोज १४, २०७७

तपाईको प्रतिक्रिया