भान्सेमा काेराेना पुष्टि भएपछि प्रधानसेनापति थापा 'सेल्फ क्वरेण्टीन' मा

 असोज ११, २०७७ आइतबार १५:५२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बस्नुभएको छ । 

प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वरेण्टीनमा बस्नुभएको हो । शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको हो । 

प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षता अपनाउँदै सेल्फ क्वरेण्टीनमा बस्नुभएको विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया