निजी प्रयाेगशालाले भने– ‘पीसीआर परीक्षण शुल्क सरकारले ताेकेकाे भन्दा १९ सय बढी लिन्छाैँ’

 असोज १२, २०७७ सोमबार १८:३६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणका लागि सरकारले तोकेको भन्दा १९ सय बढी शुल्क लिने घोषणा गरेका छन् ।

पीसीआर परिक्षणका लागि सरकारले दुई हजार रुपैयाँ तोकेकोमा निजी प्रयोगशालाले ३८ सय ९९ रुपैयाँ लिने घोषणा गरेका हुन् । पीसीआर परीक्षण गर्दै आएका विभिन्न आठ वटा निजी प्रयोगशालाले संयुक्त विज्ञप्ति निकालेर ३८ सय ९९ रुपैयाँ नै उपयुक्त शुल्क रहेको दाबी गरेका छन् ।

सरकारले यसअघि पीसीआर परीक्षण शुल्क दुई हजारभन्दा बढी लिएको पाइए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको थियो । तर सरकारको चेतावनीलाई निजी प्रयोगशालाले ठाडै चुनौती दिएका छन् । 

अन्तिम अपडेट: असोज १५, २०७७

तपाईको प्रतिक्रिया