पाेखरा रङ्गशाला निर्माणकाे काम ८६ प्रतिशत सकियाे

 असोज १३, २०७७ मंगलबार १४:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय रङ्गशालाकाे भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ ।

एक अर्ब २८ करोड ५० लाख रुपैयाँकाे लागतमा निर्माण भइरहेको रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधीन यो रङ्गशाला तयार भएपछि नेपालकै ठूलो रङ्गशाला हुनेछ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माण सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउनुभयो । भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो । स्टेडियमको पश्चिमतर्फ भीआईपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले पोखरा रङ्गशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उहाँले बताउनुभयो ।  

चेन्जिङ्ग रुम, मिडिया सेन्टरलगायतको काम सकिएको उहाँले बताउनुभयो । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । स्टेडियमको चारैतिरको पिच निर्माणाधीन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् ।

ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम चलिरहेकाे छ । गएकाे मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएकाे १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल यही पोखरा रङ्गशालामा भएका थिए । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया