३६ सय ब्रोइलरका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बेच्ने ४ पक्राउ

 असोज १३, २०७७ मंगलबार २०:२७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल कुखुराका चल्ला भन्दै बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार चितवनको अविनाश मोर्डन ह्याचरीबाट कुखुराका चल्ला ल्याएर काठमाण्डौको कलङ्कीमा रहेका विभिन्न पोल्ट्री फर्ममा रङ्ग लगाउँदै गरेको अवस्थामा चार जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ पर्नेमा कलङ्कीको जैसवाल पोल्ट्री फर्मका सञ्चालक बाराकी प्रेमशीला देवी, वकिल खाँन, चन्दादेवी साह र गुञ्जा नाम राखेका एक व्यक्ति रहेका छन् । 

प्रहरीले रङ्ग लगाएका ३६ सय ५० चल्ला  र रङ्ग नलगाएका २४ हजार नौ सय ५० चल्ला पनि बरामद गरेको छ ।  

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया