वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक ज...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाही गर्न सिफारिस गरेको छ । महानगरपालिकाले गएकाे २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसल भेटिएकाले ती पसललाई कारबाही गर्न सिफारिस गरेको हो ।
कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यकाभित्रका विभिन्न २२ वटा पसल सञ्चालकलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो । महानगरपालिकाले काठमाण्डौको मुख्य तरकारी तथा फलफुल बजार क्षेत्र कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो । साथै दाल, चामललगायताका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो ।
यसरी गरिएको अनुगमनको क्रममा महानगरपालिकाले एक सय २९ मध्ये उपभोक्ता ठगी गर्ने २६ वटा पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिबाना गराइ व्यापारमा भएको कसुरको आधारमा कारबाही गर्न विभागलाई लेखी पठाएको उपमेयर हरिप्रभा खड्गीले जानकारी दिनुभयो ।
उपमेयर खड्गीले अनुगमनको क्रममा म्याद गुज्रिएकाे सामान बेच्ने ११ वटा पसलबाट झण्डै ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताउनुभयो । यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई सात दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएको समेत उहाँले बताउनुभयो ।
उपमेयर खड्कीले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफुल बजारका दुई र बल्खु तरकारी तथा फलफुल बजारका दुई गरी चार जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि बताउनुभयो । उनीहरुले ४६ रुपैयाँमा खरिद गरेको प्याज कृत्रिम अभाव सिर्जना गरी एक सय ३० रुपैयाँमा बिक्री गरेको उहाँले बताउनुभयो ।
प्याजमा कृत्रिम अभाव सिर्जना गरी कालाेबजारी गर्ने व्यापारीहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए । उनीहरुबाट जफत गरिएको १३ हजार दुई सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत प्रतिकेजी ६० रुपैयाँको प्रतिव्यक्ति तीन किलोसम्म खरिद गर्न पाउने गरी बिक्री गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।