कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली, ब...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले कोरोना भाइरस सङ्क्रमण भएर आइसोलेशनमा बसेका व्यक्तिहरुलाई आइसोलेशनको अवधिलाई सकेसम्म रचनात्मक र रमाइलो बनाउन आग्रह गरेको छ ।
कोरोनाकाे सङ्क्रमणलाई जित्नको लागि आत्मबल चाहिने र रमाइलो वातावरणमा आत्मबल बढ्ने भएकोले त्यस्तो वातावरण बनाउन प्रयास गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमण भएर लक्षण नदेखिएका तथा सामान्य लक्षण देखिएका व्यक्ति अरु मानिसबाट अलग्गिएर बस्ने र त्यहाँ बस्दा मनमा लागेको कुरा लेख्ने, गीत सुन्ने, चलचित्र हेर्ने, अनलाइन तथा फोनबाट आफन्त तथा साथीभाइसँग गफ गर्ने जस्ता काम गर्दा फाइदा हुने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।
अनलाइनबाट काम गर्न सम्भव हुनेले आफ्नो काम नियमित गर्ने, नियमित योग तथा व्यायाम गर्ने, पोसिला खाना खाने जस्ता कामबाट फाइदा हुने भन्दै डा. गौतमले कोरोनासँग सम्बन्धित खबर धेरै नहेर्न तथा नसुन्न आग्रह गर्नुभयो । दुई हप्तासम्म कुनै लक्षण नदेखिएमा त्यसपछि स्वास्थ्यको मापदण्ड पालना गर्दै आफ्नो काममा फर्कन मन्त्रालयले आग्रह गरेको छ ।
बुधबारसम्म आइसाेलेशनमा रहने सक्रिय सङ्क्रमितकाे सङ्ख्या २० हजार आठ सय ९१ रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।