कर्णाली प्रदेश प्रमुुखलाई कोरोना सङ्क्रमण

 असोज १५, २०७७ बिहिबार १८:२४:२५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे छ । उहाँलाई कोरोना सङ्क्रमण देखिएको प्रदेश प्रमुुखको निजी सचिवालयले पुष्टि गरेको हो । सचिवालयले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै सङ्क्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेशनमा रहनुभएको जनाएको छ । 

कार्यालयमा रहेका कर्मचारीहरुमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक टे«सिङ गर्दा प्रदेश प्रमुखमा सङ्क्रमण देखिएको हो । उहाँको स्वास्थ्य अवस्था समान्य रहेको सचिवालयले जनाएको छ । 

कर्णाली प्रदेशमा बिहीबार एक सय पाँच जना सङ्क्रमित थपिएका छन । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय ५६ पुगेको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ३८, जुम्लाका २१, कालीकोटका १३,  दैलेखका १० जना, सल्यानका सात जना, मुगुका दुई जना र अन्य प्रदेशका १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै बिहीबार एक सय तीन जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज भएर घर फर्किनेको सङ्ख्या तीन हजार ४२ पुगेको छ । प्रदेशमा अहिलेसम्म सात जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया