आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने

 असोज १६, २०७७ शुक्रबार ७:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अरु ठाउँको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुनेछ । यस्तै हिजो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको मनसुन देशभरिबाटै बाहिरिन भने अझै केही दिन लाग्ने भएको छ ।

नेपालका थोरै ठाउँमा केही दिन हल्का पानी पर्ने संभावना रहेकाले मनसुन पुरै हट्न समय लाग्ने भएको मौसमविद् शाक्यको भनाइ छ ।


 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया