'डाक्टर तथा स्वास्थ्यकर्मी सङ्क्रमित भए सम्पूर्ण खर्च सरकारले व्यहाेर्नुपर्छ'

 असोज १६, २०७७ शुक्रबार १४:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले कोरोनाबाट डाक्टर तथा स्वास्थ्यकर्मी सङ्क्रमित भए त्यसको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै सङ्घले कोरोना उपचारमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मी सङ्क्रमित भए सबै खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेको हो । सङ्घले काठमाण्डौबाहिर कोरोना उपचारमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिए तत्काल हेलिकप्टरमार्फत काठमाण्डौ ल्याउने व्यवस्था गर्न पनि माग गरेको छ ।

यस्तै सङ्घले कोरोना भाइरसको सङ्क्रमणबाट डाक्टरको ज्यान गएमा एक करोड रुपैयाँसम्म बीमा रकम पाउने सुनिश्चितता गर्न पनि सरकारसँग माग गरेको छ । बिहीबार डाक्टर हरि सापकोटाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएपछि डाक्टर तथा स्वास्थ्यकर्मी त्रसित भएकाले आर्थिक सहायताका लागि पनि बीमाङ्क सुनिश्चित गर्न माग गरिएको सङ्घले जनाएको छ ।

यस्तै नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख गरिएका औषधिको पनि तत्काल व्यवस्थापन गर्न माग गरिएको छ ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया