वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक ज...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्ध परेको रिटलाई फेरि पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।
सुनुवाइका केही प्रक्रिया अझै बाँकी नै रहेकोले शुक्रबार पनि गौतमको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
गौतमसँग सम्बन्धित रिटमा अब बुधबार मात्रै सर्वोच्चमा सुनुवाइ हुने भएको छ । शुक्रबार दुई सरकारी वकिल र वामदेव पक्षका केही कानुन व्यवसायीले बहस गर्नुभएको थियो ।
यो मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच जना न्यायाधीशहरुको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गर्नुभएपछि अहिले चौतर्फी विरोध भइरहेको छ ।
गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चले यसअघि नै आदेश दिइसकेको छ । गौतमले पद तथा गोपनीयताको सपथ लिइ सक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।