चिनियाँ राष्ट्रपति सी द्वारा ट्रम्पको स्वास्थ्यलाभको कामना

 असोज १७, २०७७ शनिबार १६:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सी ले कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी माेलानिया ट्रम्पलाई एक सन्देश पठाएर शीघ्र स्वास्थ्यलाभको कामना गरेको द ग्लोबल टाइम्सले जनाएको छ । हिजो दिउँसो कोरोना पुष्टि भएपछि ट्रम्पलाई अस्पताल लगिएको हो ।

ह्वाइट हाउसले विज्ञप्ति निकालेर स्वास्थ्य सावधानीको लागि उहाँलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको जानकारी दिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ । उहाँलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महशुस हुन थालेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उहाँलाई कोरोना पुष्टि भएको हो । 


 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया