अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले बाल क्यान्सरको नयाँ उपचार विक...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले याे वर्ष आफू रहेकै ठाउँमा दशैँ मनाउन आग्रह गरेको छ ।
दशैँका बेला गाउँघर तथा आफ्नो पुर्ख्याैली थलोमा दशैँ मनाउन धेरै मानिस यात्रा गर्ने गरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो वर्ष आफू रहेकै ठाउँमा दशैँ मनाउन आग्रह गर्नुभयो ।
कोरोना सङ्क्रमण बढेर अवस्था डरलाग्दो हुन थालेको भन्दै प्रवक्ता गौतमले यात्रा गर्दा भाइरस फैलने सम्भावना अधिक हुने भन्दै यो वर्ष यात्रा नगरि अहिले भएकै ठाउँमा दशैँ मनाउन आग्रह गर्नुभयो ।
साथै उहाँले स्वास्थ्य मापदण्डलाई कडाइ गर्दै जरिबाना गर्ने गरी प्रस्ताव गरिएको पनि उहाँले बताउनुभयो ।
गएकाे २४ घण्टामा देशैभर दुई हजार पाँच सय ५३ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या ८६ हजार आठ सय २३ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।