सिन्धुलीका निजी विद्यालयले गरे पाँच महिनाको शुल्क मिनाहा

 असोज १८, २०७७ आइतबार २०:४१:४१ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – सिन्धुलीका निजी विद्यालयले लकडाउनको समयमा बन्द भएको पाँच महिनाको सबै खाले शुल्क मिनाहा गरेको छ । 

निजी तथा आवासीय विद्यालय एसोसियशन नेपाल (प्याबसन) सिन्धुलीले पत्रकार सम्मेलन गरी वैशाखदेखि भदौ महिनासम्मको शुल्क मिनाहाको घोषणा गरेको हो । कोरोना महामारीले सबै क्षेत्र तहसनहस भइरहेको बेला देशभरिका नै अरु विद्यालयलाई सन्देश दिने गरी सिन्धुलीले नमुना काम गरेको प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले बताउनुभयो । 

लकडाउनका बेला पनि अनलाइन कक्षा, रेडियो कार्यक्रम र होमवर्क प्याकेज दिने जस्ता वैकल्पिक शिक्षाका गतिविधि गरी नै रहेको भए पनि कुनै शुल्क नलिने निर्णय गरेको उहाँले बताउनुभयो । प्याब्सन सिन्धुलीमा जिल्लाका ३३ वटा निजी विद्यालय आबद्ध छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया