छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो

 असोज २०, २०७७ मंगलबार १८:३:३१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ । 

​नेत्रावती डबजाेङ गाउँपालिका ५ काे बेतिनीमा निर्माण सामग्री बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । बा ५ ख ४७२८ नम्बरको ट्रक दुर्घटनामा परेर ट्रक चालक गंगाजमुना गाउँपालिका ४ का बेगबहादु तामाङ र दलबहादुर तामाङको ज्यान गएको हो । 

यसैगरी धादिङको गल्छी गाउँपालिका ८ काे गोगनपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि रहेका हरि बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया