ढोरपाटनका बाढीपहिरो पीडितलाई सरकारको ६१ लाख राहत

 असोज २१, २०७७ बुधबार १३:११:१५ | रासस
unn.prixa.net

फाइल फाेटाे

गएकाे भदौ १७ गतेको बाढीपहिराेमा परेर परिवारका सदस्य गुमाएका बाग्लुङकाे ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिराले क्षति भएको एक महिनापछि मङ्गलबार मन्त्रालयले जिल्ला प्रशासनमार्फत राहत उपलब्ध गराएको हो ।

बाढीपहिराेमा परेर ज्यान गुमाएका २२ र बेपत्ता १५ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङले राहत रकम प्रदान गरेको हो । एक जना मात्रै मृतक रहेका परिवारलाई दुई लाख रुपैयाँ, एकभन्दा बढी मृतक वा बेपत्ताका परिवारलाई प्रतिव्यक्ति दुई लाखमा एक लाख थप गरेर तीन लाख रुपैयाँ उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै बाढीपहिराेका कारण घरबास गुमाएका २० परिवारलाई तत्कालका लागि १५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको उहाँले बताउनुभयो ।

“जसको घरबास सकियो, अन्य उपाय पनि छैन, उहाँलाई तत्कालका लागि समस्या समाधानका लागि १५ हजार रुपैयाँ दियौँ”, न्यौपानेले भन्नुभयोे, “निकै समस्या भएका परिवारले मात्रै यो रकम पाए, क्षति भएकालाई क्रमशः विधिसम्मत राहत उपलब्ध हुन्छ ।”

राहत रकम लिने सबैभन्दा धेरै बालबालिका छन् । बाढीपहिराेमा आफन्त गुमाएका २३ बालबालिकाले राहत पाएका छन् । उनीहरुको नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखामा खाता खोलेर रकम जम्मा गरिएको छ ।

“वयस्कहरुलाई नगद नै दियौँ, बालबालिकाको रकम दुरुपयोग नहोस् भनेर बैंकमा राखिदियौँ”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र न्यौपानेले भन्नुभयोे, “बाल बचतमा रहेको उक्त रकम उनीहरुले वयस्क भएपछि प्रयोग गर्न सक्छन् ।”

बचतबाट आउने ब्याज रकमले उनीहरुको शिक्षामा सहयोग पुग्ने उहाँले बताउनुभयो । पहिराेमा एकभन्दा धेरै सदस्य गुमाएका सात परिवार छन् । बाढीपहिराले १ सय २७ घर बगाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार बस्नै नमिल्ने गरी भत्केका सबै घरको सूची गृह मन्त्रालय पठाइएको छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया