कर्णाली प्रदेश : नेकपा प्रमुख सचेतक शाह पदमुक्त, सीता नेपालीलाई जिम्मेवारी

 असोज २६, २०७७ सोमबार १६:४:४५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई पदमुक्त गर्नुभएको छ । शाहलाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको छ । 

शाहको काम कारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले पदमुक्त गरेको जानकारी दिनुभएको छ । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधान धारा (७) अनुसार पदमुक्त गरिएको र अहिलेसम्म गरेको कामका लागि शाहलाई धन्यवाद दिनुभएको छ । 

शाह पूर्वएमालेका हुनुहुन्छ भने नेपाली पुूर्वमाओवादीका हुनुहुन्छ । आइतबार सत्ता पक्षकै सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद चुुलिँदै गएको छ । यसैबीच मङ्गलबार संसदीय दलको बैठक बस्ने तयारी भएको छ । 

जिम्मेवारीमुक्त पत्र

नियुक्ति पत्र

 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया