‘रिपब्लिक टीभी’ र ‘टाइम्स नाउ’ को विरुद्ध बलिवुड कलाकारहरु

 असोज २६, २०७७ सोमबार २०:३:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बलिवुडका चर्चित व्यक्तिहरुले केही मिडिया प्रतिष्ठानमाथि सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा गैरजिम्मेवार रिपोर्टिङ गरेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन् । 

मुद्दा दायर गर्नेमा फिल्म उद्योगको प्रतिनिधित्व गर्ने चार सङ्गठन र ३४ निर्माता छन् । 

यो मुद्दा रिपब्लिक टीभी, अर्णव गोस्वामी, रिपब्लिक टीभीका प्रदीप भण्डारी, टाइम्स नाउ, राहुल शिवशङ्कर र नविका कुमारविरुद्ध दर्ता गरिएको छ । 

उनीहरुले बलिवुड र बलिवुडका व्यक्तिहरुविरुद्ध अपमानजनक र गैरजिम्मेवार टिका टिप्पणी गर्नबाट रोक्नको लागि मुद्दा दर्ता गरेको बताएका छन् ।  

बलिवुडका व्यक्ति, उनीहरुसँग जोडिएको गोपनीयताको अधिकारमा दखल दिने र मिडिया ट्रायलमा रोक लगाउन उनीहरुले माग गरेका छन् । 

उनीहरुले टेलिभिजन च्यानलका साथसाथै सामाजिक सञ्जालमा पनि बलिवुडको बारेमा अपमानजनक सामग्रीको प्रकाशनमा पनि रोक लगाउनुपर्ने माग गरेका छन् ।     

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया