मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका सात सांसद पछि हटे

मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति

 असोज २७, २०७७ मंगलबार १४:२४:९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका सात सांसद पछि हटेका छन् ।

मुख्यमन्त्री शाहीसँग भएको छलफलमा मन्त्रिपरिषद् पुुनर्गठन गर्ने सहमति भएपछि अविश्वास प्रस्तावबाट उनीहरु पछि हटेका हुन् । गएकाे आइतबार सत्ता पक्षकै १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध दलभित्र अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद यमलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद बढ्दै गएको थियो ।

यसबीचमा मुख्यमन्त्री शाहीले दलको प्रमुुख सचेतकबाट प्रधानमन्त्री ओली निकट सांसद गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाउनुभएको थियो । मुख्यमन्त्रीले दल र सरकारको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको आरोप लगाउँदै पूर्व एमालेतर्फका १५ र पूर्व माओवादीका तीन जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

केन्द्रबाटै दबाब आएपछि अविश्वास प्रस्तावबाट पछि हटेको नेपाल पक्षका सांसदको भनाइ छ । चन्द्रबहादुर शाही, पदमा खड्का, कुर्मराज शाही, अमरबहादुर थापा, सुशील थापा, देवी ओली र करवीर शाही अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । नेपाल पक्षका शाही सचेतक बन्ने सहमति लगत्तै मुख्यमन्त्री शाहीले उहाँलाई दलको सचेतकमा नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले साेमबार मात्रै सचेतक सांसद सीता नेपालीलाई प्रमुुख सचेतक बनाएर सांसद गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाउनुभएको थियो । तीन जना मन्त्री र एक जना सचेतक दिने सहमति भएअनुसार मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गर्नुभएको हो । नेपाल पक्ष पछि हटेपछि मङ्गलबार बस्ने भनिएको संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया