प्रतिनिधि सभा सदस्य पहाडीकाे निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

 असोज २८, २०७७ बुधबार १६:१३:७ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य सानु पहाडीको बुधबार निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाण्डौ मेडिकल कलेजमा निधन हो । 

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट समानुपातिक चुनावबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा  सहभागी हुनुभएको थियो । 

ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाउनुभएका पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी हुनुहुन्थ्यो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।  ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधि सभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ’, सामाजिक सञ्जाल ट्विटरमा उहाँले भन्नुभएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया