भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदै

 असोज २९, २०७७ बिहिबार ७:२५:४५ | रासस
unn.prixa.net

काठमाण्डौ - भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे  आउँदाे कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ । 

दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदाे कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गएकाे माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • सागर भट्टराई

    Oct. 15, 2020, 7:53 a.m.

    नेपालको भूमि मिचेकोमा मानार्थ महारथीको दर्जा दिन आमन्त्रण गरेको हो कि लिम्पियाधुरामा बस्ती बसालेकोमा कि कालापानीमा थप सेना राखेकोमा कि बार बार नेपाललाई धम्क्याएकोमा ..

  •  0 Reply

तपाईको प्रतिक्रिया