दोलखामा करदाता सेवा कार्यालय स्थापना

 असोज २९, २०७७ बिहिबार १९:१७:७ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखामा करदाता सेवा कार्यालय स्थापना भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ पौष २१ को निर्णयअनुसार भीमेश्वर नगरपालिका ६ को चरिकोटमा बिहीबार कार्यालय स्थापना गरिएको हो । 

कार्यालय सातदोबाटो चोकको अदिति कम्प्लेक्सको दोस्रो तलामा स्थापना गरिएको छ । करदाता सेवा कार्यालयबाट शुक्रबारदेखि सेवा सुरु हुने कर अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यसअघि आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट सेवा लिँदै आएका जिल्लाका सम्पूर्ण करदातालाई करदाता सेवा कार्यालयबाटै सेवा लिन अनुरोध गरिएको छ । 

जिल्लाका करदाताले दोलखामै करदाता सेवा कार्यालय स्थापना गर्न माग गर्दै आएका थिए । 

अन्तिम अपडेट: चैत १२, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया