खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा ६५ औँ प्रहरी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विषम परिस्थितिमा प्रहरी सङ्गठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशलाई सङ्कट परेको बेलामा भूकम्प, महामारी, बाढी पहिरोलगायत प्राकृतिक प्रकोप तथा दुर्घटनामा उद्धारलगायत अन्य मानवीय सहायताका कार्य, गम्भीर अपराध अनुसन्धानमा प्रहरीले प्राप्त गरेको सफलता प्रशंसनीय छ । पछिल्लो समय कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा रहेर प्रहरीले निर्वाह गरेको भूमिकाबाट के स्पष्ट हुन्छ भने सीमित स्रोत र साधनबीच नेपाल प्रहरीले आर्जन गरेको विश्वास यसको व्यावसायिकता, देश र जनताप्रतिको जिम्मेवारीबोध र उत्तरदायित्वको भावनाबाट निर्देशित हुनुको प्रतिफल हो ।’
कतिपय घटनाको सन्दर्भमा प्रहरीको भूमिका र व्यावसायिकतामा प्रश्न उठ्ने गरेको उहाँले बताउनुभयो । नागरिक समाजबाट उठ्ने गरेका यस्ता प्रश्नहरुलाई प्रहरी सङ्गठनले आफूलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरका रुपमा लिनुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ । यसका लागि प्रहरी साँच्चिकै जनताका रक्षक हुन् भन्ने अनुभूति हुने गरी काम गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
सङ्गठित एवम् जघन्य अपराध, महिला तथा बालबालिकामाथि हुने अमानवीय कार्यप्रति शून्य सहनशीलता अपनाउन आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, ‘पछिल्लो समय महिला तथा बालबालिकामाथि भइरहेको दुर्व्यहार, हिंसा तथा बलात्कारका घटनाहरुलाई गम्भीरतापूर्वक लिँदै अपराधीलाई कानुनी कठघरामा ल्याउन सशक्त ढङ्गबाट प्रस्तुत हुन आग्रह गर्दछु ।व्यावसायिकता, अनुशासन, इमानदारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचान हो । यसबाट नै प्रहरीले आफूप्रति तेर्सिएका प्रश्नहरुको जवाफ दिन सक्दछ ।’
विश्वव्यापी फैलिएको कोरोना महामारीविरुद्ध जुध्न विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकारले तय गरेको सुरक्षात्मक उपायहरु अवलम्बन गर्न तथा गराउन प्रहरीले भूमिका निर्वाह गर्नुपरेको बताउनुभयो । कार्यक्रममा उहाँले अमर प्रहरी स्मारकमा रथ चढाइ श्रद्धाञ्जलीसमेत अर्पण गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘विषम परिस्थितिमा प्रहरी परिरचालनसम्बन्धी मार्ग निर्देशन २०७७ को लोकार्पणसमेत गर्नुभयो । त्यसैगरी उहाँले विभिन्न व्यक्तित्वलाई पुरस्कार तथा सम्मान गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले नेपाल प्रहरी समायोजन हुने क्रममा रहेको बताउनुभयो । कार्यक्रममा उहाँले अमर प्रहरी परिवारका आश्रित परिवारजनलाई कदरपत्र पनि प्रदान गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।