सिन्धुली : कर्मचारीमा काेराेना देखिएपछि बन्द हुने पालिकाकाे सङ्ख्या ६ पुग्याे

 असोज ३०, २०७७ शुक्रबार १६:११:३५ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सिन्धुलीका ६ वटा पालिका बन्द भएका छन् ।  

सिन्धुलीका नौ वटा पालिकामध्ये ६ वटा पालिकाका कर्मचारी र नजिकैका व्यक्तिहरुमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको पालिकाका पदाधिकारीले बताएका छन् । 

फिक्कल गाँउपालिकाले पदाधिकारी र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि शुक्रबारदेखि कात्तिक ६ गतेसम्मका लागि सेवा बन्द गरेसँगै बन्द हुने पालिकाको सङ्ख्या ६ पुगेको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया