भारत–चीन सीमा विवाद : लद्दाखमा एक चिनियाँ सैनिकलाई पक्राउ गरेकाे भारतीय सेनाकाे दाबी

 कात्तिक ३, २०७७ सोमबार १८:१८:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पूर्वी लद्दाखको डेकचक क्षेत्रमा भारतले एक चिनियाँ सैनिकलाई हिरासतमा लिएको बीबीसीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ती चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गर्दै भारततर्फ आइरहेका थिए । 

भारतीय सेनाका अनुसार पक्राउ परेका सैनिक वाङ या लोङलाई सबै किसिमको मेडिकल सुविधा, अक्सिजन, खाना र न्यानो कपडा दिइएको छ । अत्यधिक चिसोबाट बचाउन चिनियाँ सैनिकलाई यो सुविधा दिइएको बताइएको छ । 

पक्राउ परेका सैनिक चिनियाँ सेनाका नायक भएको बताइएको छ । ती सैनिक भुलवश एलएसीमा प्रवेश गरेको हुन सक्ने भारतीय सेनाले जनाएको छ । 

भारतीय सेनाका अनुसार, चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले भारतसँग पक्राउ परेका आफ्नो सैनिकको बारेमा जानकारी मागेको थियो । अब प्रोटोकलको पालना गर्दै ती सैनिक चीनलाई सुम्पिने भारतीय सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । 

गएको मे महिनायता भारत र चीन सेनाबीच सीमामा तनाव भइरहेको छ । यस क्रममा दुई सेनाबीच झडप पनि भएको थियो । गएको १५ जुन महिनामा लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपमा भारतका २० सैनिकको ज्यान गएको थियो । 

समस्या समाधानका लागि दुवै पक्षबीच वार्ता भइरहे पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया