बैतडीमा यस वर्षकाे दशैँ–तिहारका बेला मेला, जात्रा गर्न र बलि चढाउन राेक

 कात्तिक ३, २०७७ सोमबार १९:३८:१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – कोरोना भाइरसको जोखिम बढ्दै गइरहेकोले यस वर्ष बैतडीमा दशैँ तिहारका बेला मन्दिरमा हुने मेला, जात्रा, बलि चढाउनमा रोक लगाइएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा हुने सबै भिडभाड, जात्रा मनाउने र बलि चढाउने जस्ता काममा रोक लगाउने निर्णय गरेको हो । दशैँको बेला हुने भिडभाड तथा मेला र जात्राले कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकोले सबै किसिमका भिडभाड हुने कार्यक्रममा रोक लगाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण बढ्ने भएकोले यसपालिको दशैँ, तिहार घरमै बसेर मनाउन आग्रहसमेत गरिएको उहाँले बताउनुभयो । यसका साथै सार्वजनिक यातायातमा अनिवार्य स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिइएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया