अमेरिकी राष्ट्रपति ट्रम्पको चिनियाँ बैंकमा खाता छ : न्युयोर्क टाइम्स रिपोर्ट

 कात्तिक ५, २०७७ बुधबार १५:१४:३३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक चिनियाँ बैंकमा आफ्नो खाता भएको बताउनुभएको छ । 

यस बैंकको खातालाई ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेन्टले नियन्त्रित गर्छ र सन् २०१३ र २०१५ को बीच यस बैंक खाताबाट स्थानीय करको भुक्तानी पनि गरिएको बताइएको छ । 

डोनाल्ड ट्रम्पका प्रवक्ताका अनुसार एसियामा होटल उद्योगसँग जोडिएका सम्भाव्यताहरु खोज्नको लागि यो बैंक खाता खोलिएको थियो । 

राष्ट्रपति ट्रम्पले चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीहरुको आलोचना गर्दै आउनुभएको छ र उहाँले चीनविरुद्ध व्यापारिक लडाइँ पनि गरिरहनुभएको छ । 

न्युयोर्क टाइम्स अखबारले डोनाल्ड ट्रम्पको कर तिरिएको रेकर्डबाट यो बैंक खाताको बारेमा पत्ता लगायो, जसमा ट्रम्पको व्यक्तिगत र कम्पनी, दुवैको वित्तीय विवरण समावेश थियो । 

अखबारले आफ्नो पछिल्लो रिपोर्टमा सन् २०१६–२०१७ मा ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नु हुँदा अमेरिकी फेडरल ट्याक्सको रुपमा उहाँले मात्र ७५० अमेरिकी डलर भुक्तानी गर्नुभएको थियो । 

यद्यपि डोनाल्ड ट्रम्पले ट्याक्स बचाउन सबै नियमको फाइदा उठाएको, जसका कारण यति कम ट्याक्स दिनु परेको रिपोर्टबारेमा सफाइ दिइसक्नुभएको छ । 

अखबारको ताजा रिपोर्टका अनुसार ट्रम्पको चिनियाँ बैंक खाताबाट स्थानीय करमा एक लाख ८८ हजार पाँच सय ६१ अमेरिकी डलर भुक्तानी गरिएको छ ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया