आगलागी र डढेलो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको...
बैशाख १५, २०८१ शनिबार
अफगानिस्तान – अफगानिस्तानमा भिसाका लागि आवेदन दिन जम्मा भएका मानिसको भिडमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गएको छ ।
अफगानिस्तानको पूर्वी नाङ्गरहार प्रान्तमा पाकिस्तान जानका लागि भिसा लिने क्रममा बुधबार एक स्टेडियममा जम्मा भएका अफगानी नागरिकको भिडमा भागदौड मच्चिँदा कम्तीमा ११ महिलासहित १५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
गर्भनर अताउल्लाह खोग्यानीले भागदौडका क्रममा अन्य १३ जना घाइते भएका छन्, तीमध्ये धेरै महिला नै छन् । उहाँका अनुसार ज्यान गुमाउनेमा धेरै वृद्ध व्यक्ति थिए ।
बर्सेनि धेरै सङ्ख्यामा अफगानीहरु आफन्त भेट्न, उपचार गर्न, रोजगारी खोज्न र आफ्नो देशमा चलिरहेको द्वन्द्वबाट बच्न पाकिस्तान जाने गरेका छन् ।
‘दुर्भाग्यवश यो बिहान स्टेडियममा १० हजारभन्दा बढी मानिस उपस्थिति हुँदा अप्रिय घटना हुन पुग्यो’, गभर्नर अताउल्लाह खोग्यानीले समाचार संस्था एएफपीसँग भन्नुभयो ।
कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सात महिनापछि पाकिस्तानले भिसा आवेदन खुला गरेको हो ।