सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 कात्तिक १०, २०७७ सोमबार ९:५७:१४ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–८ कर्करेमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ का २३ वर्षीय संगम कार्कीको उपचारका क्रममा सिन्धुली अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका सिन्धुलीको कमलामाई नगरपालिका–५ का २४ वर्षीय सौगात रायमाझी घाइते भएका छन् । रायमाझीलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएको छ ।

बा १९ च ४३६३ नम्बरको जिप प्रदेश ३–०२–००२ प ८८९९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया