खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, ६ घाइते

 कात्तिक ११, २०७७ मंगलबार १०:४२:२० | दमन राई
unn.prixa.net

खाेटाङ – खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् ।

दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ की बृहस्पती राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका को १ ज ३४७० नम्बरको ट्याक्सी पौवासेराको बाघखोर भञ्ज्याङमा दुर्घट्ना हुँदा बृहस्पती राईको नौ महिनाको बच्चासहित उदयपुर चौदण्डीगढी नगरपालिका–६ कै छत्रबहादुर राई, दिपक परियार, चौदण्डीगढी नगरपालिकाका चालक यमकुमार बिक, दिप्सन राई र मौवाबोटेकी नविना राई घाईते भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया