दोलखाकोे च्छो रोल्पा हिमताल भ्रमणमा स्थानीयले नै रोक लगाए

 कात्तिक १४, २०७७ शुक्रबार २०:१६:३९ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाकोे च्छो रोल्पा हिमताल भ्रमणका लागि गौरीशंकरवासीले रोक लगाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले केही समयको लागि बाहिरी नागरिकलाई प्रवेशमा रोक लगाइएको हो । 

रोल्वालिङ हिमश्रृङ्खला साथै च्छो रोल्पा हिमताल विश्वकै चर्चित पर्यटकीय गन्तव्य हो । अहिले यस ठाउँको घुमघाम गर्ने समय हो । तर यस वर्ष कोरोना भाइरसको प्रकोपका कारण गौरीशंकर गाउँपालिका वडा नं. ९ वडा कार्यालय र स्थानीयवासीले पर्यटकलाई प्रवेशमा रोक लगाएका हुन् ।    

फुर्सदको समयको सदुपयोग गर्दै पर्यटकहरु विभिन्न ठाउँमा घुम्न थालेका छन् । घुम्ने क्रममा च्छो रोल्पा जानेको पनि लर्को छ । तर महामारीको समयमा पर्यटकहरुको चहलपहलबाट गाउँमा कोरोना फैलिन सक्ने डरले स्थानीय स्वयंले प्रवेशमा रोक लगाएका हुन् । 

सार्वजनिक सूचना प्रसारण र प्रकाशन गर्दा गर्दै जबरजस्ती कोही प्रवेश गर्न खोजेमा स्थानीयवासीले कारबाहीसमेत गर्ने भएकाले सबैलाई सचेत रहन वडाध्यक्ष छिरिङ शेर्पाले आग्रह गर्नुभएको छ । महामारी साम्य भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतका साथ प्रवेश गराउने वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया