खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेको बताउनुभएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको अन्तिम तयारीमा रहेको दैजी–छेला ओद्योगिक निर्माण स्थलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले कमजोर अर्थतन्त्र भएको देश भए पनि कोरोना सङ्क्रमण नियन्त्रणमा जिम्मेवार भएर सरकार अघि बढिरहेको बताउनुभयो ।
पीसीआर विधिबाट गरिने कोरोना परीक्षण खर्चबारे कुप्रचार गरिएको भन्दै उहाँले भ्रमका पछि नलाग्न आग्रह समेत गर्नुभयो ।
“मन्त्रीपरिषदले स्पष्ट रुपमा पीसीआर खर्च सक्नेले आफै गर्ने र नसक्नेको सरकारले खर्च बेहोर्छ भनेको हो”, मन्त्री भट्टले भन्नुभयो, “यसलाई मोडियो र भ्रम फैलाउने काम भयो ।”
उहाँले सरकार कोभिडसित लड्न नसकेको भन्दै आलोचना गर्नुको कुनै अर्थ नरहेको उल्लेख गर्दै आफ्नो जिम्मेवारीबाट सरकार कहिल्यै नपन्छिने स्पष्ट पार्नुभयो । कोभिडकै कारण दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाको शिलान्यासमा ढिलाइ भएको जनाउँदै उहाँले यहाँका नागरिकको चाहना अब पुरा हुने चरणमा रहेको बताउनुभयो । उहाँले सातै प्रदेशमा पहिलो चरणमा चार सय युवालाई उद्यमशिलता तालिम दिने तयारी भइरहेको जानकारी दिनुभयो ।
यस्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले २०५१ सालदेखि कल्पना गरिएको दैजी औद्योगिक क्षेत्र स्थापनाको कार्य अन्मित चरणमा रहेको बताउनुभयो ।
“मन्त्री ज्यूले फिल्ड हेर्छु भनेपछि सिङ्गो मन्त्रालय यहाँ आएको छ”, उहाँले भन्नुभयो, “इआइए र डीपीआर तयार गर्दा सहयोग गर्नुहुने सबैप्रति आभार ।” उहाँले शिलान्यास गरेको दुई वर्षभित्र यहाँ उद्योग ल्याउने लक्ष्य रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।