खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
सर्लाही – बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन हुनुहुन्छ । उहाँले हालसम्म नगरप्रमुखले पाउने तलब, भत्ता ,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुविधा लिनुभएको छैन । ती सुविधा वापत प्राप्त गर्ने रकम नगरका विकास निर्माण तथा विपन्न नागरिकको जीवनस्तर माथि उकास्न लगानी गर्नुभएको छ ।
उहाँ तत्कालीन एनेकपा माओवादीबाट निर्वाचित हुनुभएको थियो । उहाँ भन्नुहुन्छ, “गाउँ गाउँमा सिंहदरबारको राष्ट्रिय नारालाई सार्थक पार्न र विपन्न जनताको जीवनस्तर माथि उकास्न कुनै सरकारी सेवा सुविधा उपभोग नगरी तल्लीन भएको हुँ । ”
नगर प्रमुखले हालसम्म सरकारी रकमबाट एक कप चिया पनि नखानु भएको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले जानकारी दिनुभयो । “नगर प्रमुख चिया खान आफ्नो निजी निवास तथा होटल जानुहुन्छ । नगरप्रमुखले अहिलेसम्म नगरको रकमबाट व्यक्तिगत प्रयोजनका लागि एक रुपैँया पनि खर्च गर्नु भएको छैन ।” उहाँले भन्नुभयो ।
नगर प्रमुख थापाले निर्वाचनको समयमा जनतासित मत माग्दा जनाउनु भएको प्रतिवद्धता अनुरुप सरकारी सेवा सुविधा उपभोग नगर्नु भएको नगर उप प्रमुख लिलाकुमारी मोक्तानले बताउनुभयो ।
नगर प्रमुखले नगरमा आएको बजेटमा अनियमितता नहोस् भन्नका लागि वडा अध्यक्षलाई बजेट विनियोजन गर्नुभएको छैन । उहाँले योजना लिएर आउने, योजना पास गराउने र काम सकेर बजेट लैजाने भन्दै सबै वडा अध्यक्षलाई बताउनुभएको वडा नं २ का वडाध्यक्ष दीपक लामाले जानकारी दिनुभयो । नगर प्रमुख नगरपालिकाको कामले बाहिर जानु पर्दा समेत आफ्नो निजी खर्च गर्ने गरेको नगरपालिकाले जनाएको छ । नगर भित्रका विपन्न नागरिकलाई नगरप्रमुख थापाले निजी खर्चमा उपचार तथा खाद्यन्न सहयोग समेत गर्दै आउनुभएको छ ।
नगरपालिका भित्र ११ वडा रहेका छन् । वडा नं ४ का हरिकृष्ण घिमिरे र वडा नं ५ का सुविर लामाले नगरप्रमुख थापाको मानवीय सेवा उत्कृष्ट रहेको बताउनुहुन्छ । करिब १ सय २० बिघामा नगर बगैँचा,करिब २ सय बिघामा पोखरी, उद्यान लगायतका योजना नगरपालिकाले सार्वजानिक गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु पर्ने नियम बनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।