युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास

 कात्तिक १७, २०७७ सोमबार २०:३४:१६ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (ईयू) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख (राजदूत) नोना डिप्रेजले आज प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको शिष्टाचार भेटका क्रममा नयाँ राजदूतलाई स्वागत गर्दै उहाँको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्नुभएको हो ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र ईयूबीच धेरै विषयमा समानता रहेको जनाउँदै ईयूले कोभिड १९ को रोकथाम र उपचारलगायत विविध विषयमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । जवाफमा राजदूत नोनाले नेपालमा जलवायु परिवर्तनलगायत क्षेत्रमा आफूहरुले थप सहकार्य गर्न चाहेको र विगतदेखि हुँदै आएको सहयोगको निरन्तरता हुने बताउनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया