ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्ने

 कात्तिक १९, २०७७ बुधबार १२:२०:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति राष्ट्रको नाममा सम्बोधन गर्ने जनाउनुभएको छ । उहाँले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी दिदै भन्नुभएको छ, ‘आज राति म सम्बोधन गर्नेछु । एउटा ठूलो जित ।’ 

सम्बोधनमा ट्रम्पले आफ्नो पकड र विचार राख्न चाहेको ट्रम्पको चुनावी अभियान हेर्दै आउनुभएका एकजना अधिकारीले बताएको बीबीसीले जनाएको छ । ती अधिकारीका अनुसार ट्रम्पले आफ्नो जितको घोषणा गर्न नभइ आफ्नो धारणा मात्र पेश गर्नुहुनेछ । ह्वाइट हाउसको पूर्वी कोठाबाट ट्रम्पले सम्बोधन गर्ने बीबीसीले जनाएको छ । 

अमेरिकी राष्ट्रपतीय चुनावको सुरुवाती नतिजाले धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिष्पर्धा देखाएको छ । मंगलबार भएको मतदानमा १० करोड भन्दा बढी मानिसले भोट हालेका छन् । अमेरिकाको इतिहासमा यति धेरै मतदान पहिलो पटक भएको बीबीसीले जनाएको छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया