त्रिविकाे परीक्षा दिनका लागि अब काठमाण्डाै आउनु नपर्ने, आफूलाई पायक पर्ने ठाउँबाट दिन पाइने

 कात्तिक १९, २०७७ बुधबार १७:४८:२५ | रासस
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । लकडाउनको बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।

विद्यार्थी जहाँ छन्, त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाण्डाै आउनुपर्ने छैन । त्रिविका रजिस्ट्रार डाक्टर पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताउनुभयो । 

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेबसाइटमा गएर विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउनेछन्, त्यही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् । त्रिविले यही मङ्सिर दोस्रो हप्तादेखि स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ ।

'हामीले परीक्षा केन्द्र तोकेका छौँ । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौँ', उहाँले भन्नुभयो, 'परीक्षा दिनका लागि अब काठमाण्डाै आउनुपर्दैन । आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउने छन् ।'

उहाँले प्रवेशपत्र पनि अनलाइनबाट आफै विद्यार्थीले प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताउनुभयो । कोभिड–१९ को कारणले गएकाे चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएकाे थियो । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दुरी कायम राखेर सञ्चालन गरिरहेको छ ।

रजिस्ट्रार डा. दाहालले एक/दुई दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने बताउनुभयो । त्रिविको वार्षिक परीक्षा पनिका र सेमेस्टर परीक्षा डिन कार्यालयले लिने छन् । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया