उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
बझाङ – सरकारी तथा गैरसरकारी संघसंस्थाले कुपोषण हटाउने अभियान चलाइरहँदा कुपोषणकै कारण ८ महिनाकी बालिकाको ज्यान जोखिममा परेको छ । समयमै उपचार नपाएकी थलारा गाउँपालिका ४ की आठ महिने बालिका सविता नेपालीको ज्यान जोखिममा परेको हो ।
कुपोषण भएर देउरा स्वास्थ्य प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएकी बालिकाको त्यहाँ उपचार हुन नसक्ने भएपछि धनगढी लान रिफर गरिएको छ । अहिले बालिकाको सेती अञ्चल अस्पतालको कुपोषण पुनस्र्थापना केन्द्रमा उपचार भैरहेको छ ।
‘पैसा नभएकाले गाउँमै धामीझाँक्रीबाट झारफुक गरें’ बालिकाकी आमा हर्कुले भन्नुभयो, ‘हामीले त बान्द्रे लाग्यो भन्ने सोचेका थियौं, कुपोषणबारे केही पनि थाहा थिएन । बालबच्चाको यसरी स्याहार गर्नुपर्छ, यति पटक खाना खुवाउनु पर्छ, यति पटक दुध खुवाउनु पर्छ र आमाले यसरी खाना खानुपर्छ भन्नेसमेत जानकारी थिएन, अहिले यस्तो अवस्था भोग्नु पर्यो ।’
जन्मने बेला सविताको तौल साढे तीन किलो थियो । त्यसपछि उनको ज्यान सुक्न थाल्यो । अहिले तौल घटेर साढे दुई किलो मात्र छ ।
देउरा प्राथमिक स्वास्थ्य केन्द्रकी अहेब ब्रिन्जा पुनले भन्नुभयो, ‘हामीले पटक पटक उपचारका लागि धनगढी लिनुपर्ने सुझाव समेत दिएका थियौं र अहिले आफैंले टिकट काटेर धनगढी पठाएका छौं । कुपोषणको उपचार निःशुल्क हुन्छ भन्ने पनि बालिकाको परिवारलाई थाहा नभएको उहाँले बताउनुभयो ।
८ महिनाकी सविता मात्र होइन, यहाँका धेरै बालबालिकालाई कुपोषण भएको छ । कुपोषणको उच्च जोखिम अझै कायम रहेको बताउँदै पुनले भन्नुभयो, ‘तीन हप्तामा मात्रै चारजना शीघ्र कुपोषण भएका बच्चाहरुलाई उपचारको लागि ल्याइएको थियो र गएको आर्थिक वर्षमा मात्र ८ जनालाई रिफर गरियो ।’
आर्थिक वर्ष २०७३-०७४ मा बझाङका ५ वर्ष मुनिका २३ हजार ३ सय ७७ जना बालबालिकाको पोषणको अवस्था जाँचमा ३ हजार ५ सय ११ जनामा कडा खालको शीघ्र कुपोषण (ख्याउटेपन) भएको पत्ता लागेको थियो ।
कुपोषित बालबालिकामध्ये २ हजार २ सय ६६ मा मध्यम खालको कडा कुपोषण र १ हजार २ सय ४५ मा अति कडा खालको कुपोषण देखिएको तथ्याँक छ ।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट कुपोषण हटाउन बिभिन्न पहल भैरहे पनि दुर्गम गाउँसम्म चेतनामुलक कार्यक्रमहरु पुग्न सकेका छैनन् ।
आर्थिक वर्ष २०७३/७४ मा मात्र पोषणको लागि काम गर्ने कृषि तथा खाद्य सुरक्षा कार्यक्रममार्फत ८ करोड, गर्भवती महिला र १ हजार दिन भित्रका सुत्केरीहरुको पोषण सुधारका लागि काम गर्ने सुआहारा कार्यक्रमले १ करोड १२ लाख, एकीकृत बहुक्षेत्रीय पोषण कार्यक्रमले १ करोड १४ लाख, पहल कार्यक्रमले ३० लाख ५० हजार, बालपोषण भत्तावापत ३० करोड रुपैयाँ खर्च भएको छ ।
यस्तै जिल्ला स्वास्थ्य कार्यलयले मात्र भिटामिन ए, जुकाको औषधी खुवाउने, एकीकृत बाल स्वास्थ्य कार्यक्रम लगायतका नाममा ७ करोड रुपैयाँ खर्च गरेको छ ।
यसबाहेक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु युएसआइडी, प्राक्टिकल एक्सन, केयर नेपाल, सेभ द चिल्ड्रेन, हेलनकेलर इन्टरनेसनल लगायत संस्थाहरुले पनि पनि पोषणको अवस्था सुधार गर्न भन्दै लगानी बढाइरहेका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी), युनिसेफ, एफएओ, युएनएफपीए, विश्व खाद्य कार्यक्रमले पनि यसैगरी लगानी गरेका छन् ।
सरकारी स्तरबाट जिल्ला स्वास्थ्य कार्यालय, महिला विकास कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यलय, जिल्ला शिक्षा कार्यालय र स्थानीय तहबाट पनि पोषणको नाममा गर्ने खर्चको परिणाम ठूलो छ ।
सबै कार्यालयले कुल रकमको ९० प्रतिशत भन्दा बढी रकम पोषण सम्बन्धी चेतनामुलक कार्यक्रममा खर्च भएको तथ्याँक छ । यति यस्ता अभियान र कार्यक्रमले दुर्गम बस्तीलाई छुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
annu
Aug. 14, 2018, 10:01 a.m.News heading and detail is not matched.. No different between 8 years and 8 month????