तापक्रम निरन्तर घट्दै : हिजोभन्दा आज चिसो बढ्यो

 कात्तिक २३, २०७७ आइतबार ७:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - केही दिनयता काठमाण्डौ उपत्यकाको तापक्रम निरन्तर घट्दै गएको छ ।

आज बिहान पनि काठमाण्डौ उपत्यकाको तापक्रम जाडो सुरु भएयताकै कम ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको थियो । अस्ति शुक्रबार १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

राति आकाशमा बादल नलागेकाले न्यूनतम तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । देशका अरु ठाउँमा पनि न्यूनतम तापक्रम घट्दै गएको उहाँले बताउनुभयो । यसैबीच आज प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् सापकोटाले बताउनुभयो । तर चर्को घाम भने लाग्ने छैन । आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहने उहाँले बताउनुभयो ।

भोलिको मौसम पनि यस्तै रहने र पर्सि भने पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया