नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – उखु किसानहरूले छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै उखु किसानहरूले काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेशकुमार मिश्रले किसानमाथि अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो । उहाँले सरकारले बेवास्ता गरेमा मङ्सिर २७ गतेपछि काठमाण्डौको माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने बताउनुभयो ।
स्मरण पत्र बुझेपछि मन्त्री भट्टले बन्द भएका उद्योगकाे जायजेथा बेचेर भए पनि किसानको रकम दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको मिश्रले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।