प्रस्तावित राजदूत अनुमोदित, उच्च तहको भ्रमण गराइने प्रतिबद्धता

 कात्तिक २७, २०७७ बिहीबार १८:५९:८ | रासस
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको बिहीबारकाे बैठकले उहाँहरुको  नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

सरकारले अमेरिकामा पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा, बेलायतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा डाक्टर निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो । बैठकमा प्रस्तावित राजदूतत्रयले तत्तत् देशमा गएर आर्थिक कुटनीतिलाई प्रवर्द्धन गर्दै देशमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।  

राजदूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेसा, व्यवसाय गरी बसेका नेपालीको हितमा काम गर्ने बताउँदै उहाँहरूले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने  क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन भरमग्दुर प्रयास गर्ने अठोट पनि व्यक्त गर्नुभएको थियो ।

प्रस्तावित राजदूत डा. खतिवडाविरुद्ध तीन र  रेग्मीविरुद्ध एउटा उजुरी परे पनि उजुरीकर्ता भने समितिसमक्ष उपस्थित भएनन् । यसअघि बैठकमा सदस्यले उहाँहरूलाई लक्ष्य गरी परेका उजुुरीबारे स्पष्टीकरण माग गर्दै देशकाे आवश्यकतालाई बुझी प्राथमिकता तोकेर काम गर्न सुझाव दिनुभयो ।

प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक प्रावधान छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया