नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - यसपालिको तिहारमा मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।
भाइटीकाको दिन भने पश्चिमका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भाइटीकाको दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । तर ठूलो पानी पर्ने सम्भावना भने छैन । अरु ठाउँमा पनि सामान्य बादल लाग्दै घाम लाग्ने सम्भावना छ ।
अहिले प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा आंशिक बद्ली रहेर बाँकी ठाउँमा सामान्यतः मौसम सफा छ । आज दिउँसो पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति देशका सबैजसो पहाडी भेगमा सामान्य खालको बादल लाग्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । भोलि र पर्सिको मौसम पनि सामान्यतया यस्तै नै रहनेछ । यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहानको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।